इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पाेखरा | मंसिर २०, २०८०

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा:   नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षात्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षात्कार गरेका हुन् । 


अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । 


काठमाडौं र पोखरासहित यो फिल्मलाई भारत, श्रृलंका, दुवै र फ्रान्समा समेत खिचिएको छ । यो फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ । नेपालकी चर्चित नायिका आँचल शर्मा र कलाकार प्रशान्त ताम्राकारको समेत अभिनय रहेको फिल्मबाट विष्णु आशावादी छन् । फिल्ममा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाई समेत उठान गर्न खोजिएको उनले सुनाए । साउथ फिल्म मन पराउने दर्शकले हिटम्यान रुचाउने उनले बताए । 


साउथ फिल्ममा जस्तो प्रविधि प्रयोग गरेर हिटम्यान निर्माण गरिएको जानकारी उनले गराए । अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीले इण्डो नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । पत्रकार सम्मेलनमा नेपालका लागि वितरक केदार पराजुली लगायतको उपस्थिति थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्